नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा इजरायली प्रमुख विपक्षी दल सामेल हुने

0

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको नेतृत्व अन्त्य हुने सम्भावना बढ्दै गएको छ । 

इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयासमा सामेल हुने घोषणा गरेसँगै नेतन्याहूको नेतृत्व अन्त्य हुने सम्भावना बढेको हो ।

न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटले सहमतिको सरकार बनाउनका लागि भइरहेको प्रयासमा सामेल भएको बताएका छन् । न्यू राइट पार्टीका नेता नाफ्तालीलेले सरकार गठनका लागि मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडसँग गठबन्धन निर्माणका सम्बन्धमा छलफल थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लेपिडले बुधबारसम्म आफ्नो प्रयासको नतिजा सार्वजनिक गर्ने छन् । तर प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गरेका छन् ।

नेतन्याहू विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.