एमालेको स्थायी कमिटी बैठक दोस्रो पटक स्थगित

0

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रोपटक स्थगन गरिएको छ । आइतबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अन्तिममा तयारी नपुगेको भन्दै आज बिहान १० बजेका लागि सारिएको थियो ।

तर आज पनि बैठक नबस्ने भएको र अब भोलि ११ बजेका लागि समय सारिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष केपी ओलीले स्पष्टीकरण माग गर्दै पत्र पठाए पनि कुनै जवाफ नफर्काएका घनश्याम भुसालसहित थप १२ नेतालाई कारबाही गर्ने चर्चाबीच एमालेको स्थायी कमिटीको बैठक बस्ने मिति तोक्दै सार्दै आएको छ ।

यसअघि ओलीले माधव नेपाल, झनाथ खनाल, भीम रावलसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासन गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.