काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, खाद्यान्न पसल पनि बन्द हुने

0

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एक हप्ताका लागि थपिएको छ । 

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । 

संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको बताइएको छ । थप गरिएको निषेधाज्ञा जेठ १४ गतेदेखि जेठ २० गते मध्यरातसम्म कायम रहने छ । 

यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको छ । 

तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँबाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ । त्यस्तै खाद्यान्नका पसल भने एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।

‘खाद्यान्नका पसल, डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्ण भएको छ। त्यस्तै अन्य तरकारीका पसल भने बिहान ९ बजेसम्म मात्र खुल्न पाउने छन्,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

एकसाताको परिस्थिति हेरेर थप निर्णय गर्ने निष्कर्षमा तीनै जिल्ला प्रशासन पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.