बिहीबार र शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको प्रारम्भिक सुनुवाइ

0

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका अनुसार, संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा नै सुनुवाइ हुनेछ । 

सांसदहरुले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ ।

प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

Leave A Reply

Your email address will not be published.