माधव नेपाल र झलनाथ खनालसहित ११ नेता एमालेबाट निष्काशित

0

काठमाडौं : नेकपा एमालेले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । 

सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

निष्काशित हुनेमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, कलिला खातुन र निरा देवी जैरू, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी रहेका छन् ।

गत शनिबार स्पष्टीकरण माग गरे पनि जवाफ नदिएपछि कारबाही गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

उनले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने अन्यलाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । सोमबार एमालेका २३ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।   

Leave A Reply

Your email address will not be published.