नेपालमा थप ७ हजार ४२५ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १८५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार पाँच सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप सात हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १ लाख १५ हजार ४४७ सक्रिय संक्रमित आइशोलेशन र ९२४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २९ लाख ३६ हजार ३१४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । 

Leave A Reply

Your email address will not be published.