निषेधाज्ञा र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद !

0

काठमाडौं : काठमाडौ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको पालना नगर्ने र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाएको छ ।

अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेख छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ । त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत जनाइएको छ ।

अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ । गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।

No photo description available.
Leave A Reply

Your email address will not be published.