संविधान अनुरुप नै नागरिकतासम्बन्धी अध्यादेश : महान्यायाधिवक्ता कार्यालय

0

काठमाडौं : महान्यायाधिवक्ता कार्यालयले संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कार्यालयले संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयनका लागि कानुन नभएकाले अध्यादेश ल्याएको स्पष्टीकरण दिएको छ ।

संविधानको व्यवस्था अनुसार जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी महान्याधिवक्ता कार्यालयले जिकिर गरेको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यो व्यवस्थाले कुनै पनि गैर नेपालीलाई नागरिकता सुनिश्चित नगर्ने बताए । अहिले नागरिकता अध्यादेश नल्याएको भए सरकारमाथि जुनसुकै बेला अदालतको अवहेलना मु्द्दा लाग्ने अवस्था रहेको उनको भनाइ थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.