विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

0

काठमाडौं : प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनको कार्यविरुद्ध विपक्षी गठबन्धनका १४६ जना सांसदले रिट दायर गरेका छन् ।

सांसदहरुले रिटमा दुईवटा विषय माग गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिएका छन् ।

संविधानको धारा ७८(५) अनुसार बहुमत सांसदहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीको दावी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको नियुक्त गर्नका लागि आदेश माग गरिएको छ । 

संविधानमा भएका प्रक्रिया पूरा नगरी नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी परेको अवस्थामा गरेको संसद विघटनको असंवैधानिक भएकाले त्यसको पुनःस्थापनाका लागि पनि विपक्षी दलले रिटमा माग गरेका छन् । 

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले सर्वाेच्च अदालतले गत फागुन ११ मा गरेको फैसलालाई समेत लत्याएकाले संसद पुनःस्थापनाको विकल्प सर्वाेच्चसँग नभएको कांग्रेस नेता गगन थापाले बताए । 

Leave A Reply

Your email address will not be published.