खोप आपूर्तिमा प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह

0

काठमाडौं : नेपालले कोरोना विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनलाई टेलिफोन गरि सो आग्रह गरेका हुन् ।

अमेरिकाले विदेशी मुलुकहरुलाई ८० मिलियन खोप दिने भनेको छ । मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेका वर्गलाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

नेपालको आग्रहलाई अमेरिकी उपविदेशमन्त्रीले सकारात्मक रुपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै संवादका क्रममा सेर्मनले कोरोना महामारीविरुद्ध तथा अन्य सामाजिक–आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिएकी थिइन् ।

उपविदेशमन्त्री सेर्मनले पाइपलाइनमा रहेका अमेरिकी परियोजनाको कार्यान्वयनले दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध अझ गाढा हुने समेत बताएकी थिइन् ।

आपसी चासोका विषयमा द्धिपक्षीय र बहुपक्षीय आयामलाई अघि बढाउने बारेमा पनि मन्त्री ज्ञवाली र उपविदेशमन्त्री सेर्मन सहमत भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । अमेरिकाले यसैसाता अक्सिजन सिलिन्डर, भेन्टिलेटर, कन्सनट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री आपूर्ति गरेको छ ।

Leave A Reply

Your email address will not be published.