राष्ट्रपतिलाई ‘तपाईं’ नभनेको प्रति प्रधानमन्त्रीले देउवामाथि पोखे आक्रोश

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ती जनाएका छन् ।

शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाले जारी गरेको प्रेस विज्ञप्तिको भाषाप्रति आपत्ती जनाएका हुन् ।

उनले देउवाको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईं नभनिएकोमा असन्तुष्टि व्यक्त गरे । काग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कहाँसम्म पुगेको छ भनेर अचम्म लागेको उनले बताए । प्रधानमनन्त्री ओलीले जनताका छोराछोरी सम्मानित पदमा पुगे भने सम्मान गर्नु हुँदैन भन्ने ठान्ने गरेको तर्क गरे ।

त्यस्तै ओलीले  राजनीतिक रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षमा मानिसहरुलाई लगाएको बचन असभ्यता र संस्कारहिनताको पराकाष्टा भएको टिप्पणी पनि गरे । ओलीले आफूले मर्यादाहिन र संस्कारहिन समाज बनाउन नखोजेको बरु मर्यादित सुसभ्य, सुसंस्कार र समानतायुक्त मानवीय भावना जोडिएको समाज बनाउन चाहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेता बिकेर आन्दोलनलाई सिध्याउन उद्यत रहेको टिप्पणी गरे । नेपालभरि फिजिएको उज्यालो निभाउने देशीविदेशी जनविरोध प्रतिक्रियावादी शक्ति अहिले पनि निर्लज्जतापूर्वक आन्दोलनविरुद्ध लागिरहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.