नेपालमा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा शनिबार थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २० हजार १०५ पीसीआर परीक्षणका क्रममा ८ हजार ५ सय ९१ र ७४८ एन्टीजेन परिक्षणका क्रममा ३८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँल लाख ५ हजार ६ सय ४३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार १ सय ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ८ हजार ८ सय ४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ८३ हजार ६८४ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

हाल नेपालमा १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित आइशोलेशनमा र ८८६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.