एमालेले माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने

0

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए ।

अन्य नेतालाई बेग्लै छलफल गरेर यथार्थ बुझ्ने ज्ञवालीले जानकारी दिए । ज्ञवालीले नयाँ प्रधानमन्त्री बन्न नसकेकाले संविधान अनुसार नै संसद विघटन र निर्वाचनको घोषणा गरिएको बताए ।

बैठकले कोरोना महामारीको नियन्त्रण र रोकथामका साथै संक्रमितको उपचारका लागि गम्भीर सरकारलाई सुझाव दिँदै पार्टी पंक्तिलाई यस कार्यमा जुट्न आग्रह गरिएको ज्ञवालीले बताए । 

Leave A Reply

Your email address will not be published.