प्रधानमन्त्रीमा ओलीको पनि दाबी

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र जनता समाजवादी पार्टीका गरी १५३ सांसदको समर्थन रहेको भन्दै बहुमतको सरकारको दाबी प्रस्तुत गरेका छन् ।

उनले राष्ट्रपति कार्यालय शितलनिवास पुगी एमालेको १२१ र जसपाको ३२ सांसदसहित बहुमत प्रतिनिधि सभा सदस्यको समर्थनसहित उक्त दाबी गरेका हुन् ।

ओलीले एमालेका १२१ र जसपाको ३२ सांसदको हस्ताक्षर बुझाएको बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले र जसपाको सांसदहरुको हस्ताक्षर पुगेर बहुमत सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको दाबी पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

उनले १४९ प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका हुन् ।

Leave A Reply

Your email address will not be published.