प्रधानमन्त्रीमा दावी पेश गर्न विपक्षी गठबन्धनका नेताहरु शितलनिवासमा

0

काठमाडौं : संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शितलनिवास लागेका छन् ।

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासंगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादवका साथ एमाले नेता माधव कुमार नेपाल शितलनिवास पुगेका छन् ।

विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १ सय ४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।

सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको थियो ।

कांग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदहरुको हस्ताक्षर रहेको छ ।

Leave A Reply

Your email address will not be published.