नेपालमा थपिए ८ हजार ६०७ संक्रमित, थप १७७ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणका क्रममा ८ हजार ४ सय ७ र ८७३ एन्टीजेन परीक्षणका क्रममा २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

त्यस्तै थप १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ लाख १६ हजार १९२ संक्रिय संक्रमित आइशोलेशनमा र ९१२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.