वैकल्पिक सरकार बनाउनुस्, रचनात्मक सहयोग गर्छौं : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकवर्षदेखि प्रधानमन्त्री हटाउने अस्वस्थ खेल भइरहेको बताएका छन् ।

बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले गत एक वर्षदेखि सरकार ढाल्ने तथा नयाँ सरकार बनाउने अस्थिर र अस्वस्थ राजनीतिक गतिविधि भई सरकारले राम्रोसँग काम नसकेकाले निकासका लागि संवैधानिक प्रक्रियाबमोजिम उपधारा ५ का बाटामा अघि बढिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएर वैकल्पिक सरकारको सिफारिस गरिएको बताए । आफूले विश्वासको मत पाउने नदेखेपछि छिट्टै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीले दाबी गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनाउनेलाई आफ्नो रचनात्मक सहयोग हुने बताए । ‘२४ घन्टा दिइएको छ। मिलेर सरकार बनाउनुस्। म प्रतिपक्षमा बस्न तयार छु,’ ओलीले भने, ‘प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु। बनाउनुस् सरकार।’

Leave A Reply

Your email address will not be published.