राष्ट्रपतिविरुद्ध महाअभियोगबारे कांग्रेसमा छलफल

0

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आज ५ वजे अगावै महाअभियोग लगाउने विषयमा अन्य दलहरुसँग छलफल गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा एउटा प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठनका लागि आह्वान हुनु संविधान माथिको प्रहार भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसले महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि अन्य दलहरुसँग छलफल गर्ने सहमहामन्त्री डा प्रकाशरण महतले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग गरेर राष्ट्रपति र प्रधानमन्त्रीको यो प्रवृतिलाई परास्त गर्ने निर्णय लिएको छ ।

ठोस निर्णय अन्य दलहरुसँग छलफल गरेर मात्र हुने सहमहामन्त्री डा महतले बताए ।

Leave A Reply

Your email address will not be published.