नेपालमा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा बिहीबार थप ८ हजार तीन सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २१ हजार ६ सय ९५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परीक्षणका क्रममा थप ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १९० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ८ सय ४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार पाँच सय ४३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ६६ हजार ९४६ जनाले नेपालमा कोरोना जितेका छन् ।

हाल १ लाख १५ हजार ८ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा र ९३२ जना क्वारेन्टिनमा छन् । त्यस्तै हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.