वैकल्पिक सरकार बनाउन राष्ट्रपतिद्वारा २१ घण्टाको समय

0

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली ठूलो दलको संसदीय दलको नेताको हैसियतले धारा ७६ (३) प्रधानमन्त्री नियुक्त भए पनि धारा ७६ (४) अनुसार एक महिनाभित्र विश्वासको मत नलिई अर्को प्रधानमन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

ओलीले संसदमा धारा ७६ (४) अनुसार विश्वासको नै नलिइ अर्को प्रधानमन्त्री चयनका लागि सिफारिस गर्नु वा प्रक्रिया थाल्नु संविधान विपरीत भएको प्रतिक्रिया संविधान विद्हरुले दिएका छन् ।

ओली वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएकाले जेठ २९ गतेभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनै पर्ने उनीहरुको तर्क छ ।

Leave A Reply

Your email address will not be published.