बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

0

काठमाडौं : नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा ५०८८ मतभारसहित निर्वाचनमा विजयी भएका हुन् । 

त्यस्तै थापाले ४ हजार १४ मतभार प्राप्त गरेका छन्। यस्तै कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् । 

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

Leave A Reply

Your email address will not be published.