माओवादी नेता पाण्डेमाथि गोली प्रहार

0

कपिलवस्तु : कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । 

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको प्रहरीले जनाएको छ । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन ।

Leave A Reply

Your email address will not be published.