नेपालमा कोरोनाबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ संक्रमित थपिए

0

काठमाडौं : नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २१ हजार ६ सय ५३ पीसीआर परीक्षणका क्रममा  ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

त्यस्तै थप २१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ लाख १३ हजार ४८० सक्रिय संक्रमित आइशोलेशनमा र ७०८ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पीसीआर परीक्षण गरिएको छ । 

Leave A Reply

Your email address will not be published.