एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

0

काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।

वार्तापछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए ।

कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । कार्यदललाई तीन दिनको समय दिइएको र कार्यादलले नै विवाद समाधानको खाका तयार गर्ने नेता नेपालले बताए ।

कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

Leave A Reply

Your email address will not be published.