नेपालमा थप ७ हजार ३६८ संक्रमित थपिए, थप १४५ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ९ हजार ४३९ जनाको पीसीआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् ।

त्यस्तै थप १४५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ ।

त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर  एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र ७०१ जना क्वारेन्टाइनमा छन् ।

Leave A Reply

Your email address will not be published.