निर्देशक चेतन कार्कीको निधन

0

काठमाडौं : वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कोरोना संक्रमित भएर एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको हो ।

चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । नेपालीसहित हिन्दी तथा उर्दू भाषामा साहित्य सिर्जना गरेका कार्कीको जन्म स्याङ्जाको वाँटरी गाउँमा भएको थियो ।

उनका तिजको रहर आयो बरिलै, दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, बुझ्नै सकिनौँ तिमिले मेरो आँखाको भाका, छोरीको जन्म हारेको कर्म, लगायतका दर्जनौँ लोक, आधुनिक तथा चलचित्रका गीतहरु लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन् । उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए । उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीमती गंगा छन् ।

Leave A Reply

Your email address will not be published.