नेपाली काँग्रेसका कार्यकर्ता ‘बादल’को हत्या

0

पोखरा, २९ साउन । नेपाली काँग्रेस कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ । सो वडास्थित वुद्धिमान गुरुङको घरमा बैठक सकी घर फर्कने क्रममा बाटोमा बसेका तीनजना हतियारधारीले बादललाई पृथ्वी राजमार्गको गगनगौँडा चोकमा खुकुरी र चिरपट दाउराले हानी हत्या गरेका थिए ।
हतियारधारीको प्रहारबाट बादलको घटनास्थलमै मृत्यु भएको थियो ।‘बादल’ करिब ५० वर्षको हुनुहुन्थ्यो । हत्याका एकजना अभियुक्तलाई पक्राउ गरिएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.