पूर्वरानी कोमल र प्रेरणा अस्पतालबाट डिस्चार्ज

0

काठमाडौं : पूर्वरानी कोमल शाह तीन हप्ताको उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएकी छन् । पूर्व रानी कोमल कोरोना जितेर शुक्रबार अपराह्न काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

कोमलसँगै पूर्वअधिकाजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।

२१ दिनअघि अस्पताल भर्ना भएकी पूर्व रानी कोमललाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । अस्पताल भर्न भएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा आईसीयुमा राखेर उपचार गरिएको थियो । 

एकैदिन अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह भने २९ वैशाखमै अस्पतालबाट डिस्चार्ज भएका थिए । पूर्वराज परिवारलाई भारतमा कुम्भ मेला भरेर फर्केपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.