प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, सबै मन्त्री दोहोरिए

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो मन्त्रिपरिषदमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई साविककै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सम्पूर्ण मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराइन् ।

Leave A Reply

Your email address will not be published.