गाजाको सीमा क्षेत्रमा इजरायलद्वारा ठूलो संख्यामा सैन्य बल तैनाथ

0

एजेन्सी : प्यालेस्टाइनसँगको टकराव बढ्दै जाँदा इजरायलले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । सोमबारदेखि जारी संघर्षमा दुवै पक्षबाट हवाई आक्रमण भइरहेका बेला सीमामा इजरायलले सेना तैनाथ गरेको हो ।

गाजातर्फबाट प्रहार गरिएका रकेटलाई निष्प्रभावी बनाउँदै इजरायलको डोम एन्टिमिसाइल सिस्टम इजरायलले अब जमिनबाट पनि प्यालेस्टिनी विद्रोही संगठन हमासमाथि कारबाही गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमामा इजरायली सेनाले बख्तरबन्ध गाडी र ठूलो मात्रामा हतियारहरु ल्याएको छ । सेनाले कम्तीमा पनि ७ हजार रिजर्भ सैनिकलाई सीमामा बोलाएको बताइएको छ ।

बीबीसीका अनुसार सोमबार रातिदेखि शुरु भएको दोहोरो आक्रमणमा परी १ सयभन्दा बढीको मृत्यु भएको छ । प्यालेस्टाइनतर्फ २७ जना बालबालिकासहित १ सयभन्दा बढी र ७ जना इजरायली आक्रमणमा मारिएका छन् ।

Leave A Reply

Your email address will not be published.