ओली पुनः प्रधानमन्त्री नियुक्त, शपथ आज

0

काठमाडौं : वैकल्पिक सरकार गठन गर्न विपक्षी दल असफल भएपछि नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुन: प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो २ बजे तय गरिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५)अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

Leave A Reply

Your email address will not be published.