ओली–नेपाल सहमति नजिक, तत्कालका लागि राजीनामा टर्‍यो

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । दुई नेता सहमति नजिक पुगेकाले नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।

दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो । फागुन २८ को निर्णय फिर्ता गर्ने र २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा कार्यदल बनाएर निरन्तर छलफल गर्ने नेता नेपालले बताए ।

प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको उनले बताए । उनले विभिन्न तहमा छलफल हुने भन्दै तत्कालका लागि राजीनामाको सम्भावना टरेको जानकारी दिए ।

नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

तर २८ फागुनमा अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।

Leave A Reply

Your email address will not be published.