वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणबाट निधन

0

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष गैरेलाई ९ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

संघका अध्यक्ष गैरे केही समय अगाडि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.