नेपालमा कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १९ हजार ४ सय ७४ पीसीआर र ७७१ एन्टीजेन परीक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

त्यस्तै थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म चार हजार चार सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप पाँच हजार ५५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा तीन लाख २१ हजार ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल नेपालमा एक लाख पाँच हजार दुई सय सात सक्रिय संक्रमित आइशोलेशनमा र ४९७ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २७ लाख १२ हजार ५६२ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.