सरकार गठनको सकस : राजनीतिक भेटवार्ता तीव्र

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठन गर्न दिएको समयावधि सकिनै लाग्दा राजनीतिक भेटवार्ता तीव्र भएका छन् । दलका नेताहरुले आन्तरिक तथा दुई पक्षीय छलफललाई तीव्र बनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालका बीचमा संवाद जारी छ । ओली र नेपालका बीचमा चपलीस्थित क्याप्टेन रामेश्वर थापाका घरमा भेटवार्ता भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा पनि छलफल भइरहेको छ ।

देउवा र दाहालका बीचमा देउवा निवास बुढानिलकण्ठमा छलफल चलिरहेको छ । कांग्रेस सभापति देउवाले आजै पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक पनि बोलाएका छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि आफु निकट सांसदहरुसंग छलफलमा व्यस्त छन् । भक्तपुरको एक रिसोर्टमा ठाकुर महतो पक्षका १३ जना सांसद सहभागी भएको बताइएको छ ।

यसअघि ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा नै पुगेर भेटेका थिए । कांग्रेस सभापति देउवा र महन्थ–राजेन्द्रबीच एक घन्टाभन्दा बढि समय छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.