माधव नेपालसहित चार नेताको कारबाही फुकुवा

0

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय गरेको हो ।

नेपाल सहित चार नेतालाई प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली समूहको बैठकले कारबाही गरेको थियो ।

चार नेतामाथिको ६ महिनाको निलम्बन गरिएको थियो । स्थायी समिति बैठकले पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको छ ।

Leave A Reply

Your email address will not be published.