राष्ट्रपतिसमक्ष ठाकुर-महतोले भने- वैकल्पिक सरकारका लागि तयार छैनौं

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले शीतल निवासमा भेट गरेका छन् ।

राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा सरकार गठन गर्न दिएको समयमा सोमबार उनीहरूले शीतल निवास गएर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेको बताइएको छ ।

ठाकुरले आफूहरु वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी गराएको समेत बताए ।

शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । जसपाको उपेन्द्र यादव–बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ ।

ठाकुर पक्ष प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो ।

राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेको समय बिहीबार बेलुकी ९ बजे सकिँदै छ ।

Leave A Reply

Your email address will not be published.