जनमोर्चाले थापालाई प्रदेशसभा संसदीय दलको नेताबाट हटायो

0

काठमाडौं : राष्ट्रिय जनमोर्चाले वैकल्पिक सरकार गठन प्रक्रियामा हस्ताक्षर नगरेको भन्दै कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

महासचिव मनोज भट्टले माओवादी केन्द्र एवं जसपा सहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध लागेकाले संसदीय दलको नेताबाट हटाएर स्पष्टिकरण सोधिएको बताए ।

यसअघि सोधको स्पष्टीकरणको जवाफ नबुझाएकाले तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाइएको जनमोर्चाका महासचिव भट्टद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.