नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षणमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताए ।

योसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।

त्यस्तै नेपालमा थप १६८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै देशभर  थप चार  हजार ४४४ जना व्यक्ति निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल एक लाख एक हजार ६३४ संक्रिय संक्रमित आइशोलेशन र ५१७ जना क्वारेन्टिनमा छन् ।  मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको उनले बताए । 

Leave A Reply

Your email address will not be published.