कोरोना संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने

0

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । 

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको परामर्श समिति बैठकले उच्च स्वास्थ्य सतर्कताका साथ कोरोना संक्रमित सांसदहरुलाई मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको एमाले मुख्य सचेतक बिशाल भट्टराईले जानकारी दिए ।

उनले एमालेबाट सांसद बनेका सबै सांसदहरु विश्वासको मतको पक्षमा उभिने दाबी गरे । त्यस्तै उनले विश्वासको मत दिन अन्य दललाई आग्रह गरिनु स्वभाविक भएको धारणा राखे ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकलाई सुरक्षित र व्यवस्थीत रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । खाँणले सोमबार नै विश्वासको मतका विषयमा छलफल हुने र मतदान हुने जानकारी दिए ।

त्यस्तै माओवादी मुख्य सचेतक देव गुरुङले मतदानमा सबैलाई सहभागी गराउने र संक्रमित सांसदहरुलाई पनि संसद भवन ल्याउने व्यवस्था गरिने उल्लेख गरे ।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा केहि सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.