मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

0

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेश प्रमुख दलहरुसँग परामर्श नगरी संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले माओवादी संसदीय दलका नेता केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

यसअघि पनि मुख्यमन्त्री पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरिएकाे थियाे । तर, मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए । राजीनामापछि उनी बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए ।

Leave A Reply

Your email address will not be published.