गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

0

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री गुरुङले राजीनामा दिए लगतै प्रदेश प्रमुख सिता पौडेलले उनको राजीनामा स्वीकृत गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् ।

तीन दिनभित्र संयुक्त सरकार गठन गर्नका लागि प्रदेश प्रमुख पौडेलले राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.