संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस

0

काठमाडौं : संवैधानिक परिषद्को बैठकले रिक्त रहेका लोकसेवालगायत आयोगहरूमा पदपूर्ति सिफारिस गरेको छ ।

सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले संवैधानिक आयोगहरूमा पदपूर्ति सिफारिस गरेको हो ।

बालुवाटारमा आइतबार बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित भएनन् । संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित भएका थिए । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पनि बैठकमा सहभागी भएका थिए ।  

रिक्त पदपूर्ति गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र बैठकसम्बन्धी कार्यविधि) संशोधन अध्यादेश जारी गरेकी थिइन् । त्यहीअनुसार बसेको बैठकले रिक्त पदहरूमा नियुक्ति सिफारिस गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.