संविधानले प्रत्याभूत गरेको सक्षम न्यायपालिकाको विकास गर्ने प्रधानन्यायाधीशको प्रतिबद्धता

0

काठमाडौं : आज राष्ट्रिय कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते कानून दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन भएको भन्दै प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्वको हैसियतले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानन्याधीश राणाले कानून दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि आग्रह गरेका छन् ।

कानून दिवसको अवसरमा सर्वोच्च अदालतले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएकोमा गत वर्ष र यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

Leave A Reply

Your email address will not be published.