सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि बैठक डाकिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक संसदको ल्होत्से हलमा बस्नेछ । सोमबारको संसद् बैठकमा प्रधानमन्त्री केपी ओली विश्वासको मत लिँदैछन् ।

सभामुख सापकोटाले सो बैठकको कार्यसुची तय गर्ने विषयमा परामर्श गर्नका लागि बैठक बोलाएका हुन् ।

कार्यव्यवस्था समितिको बैठकले नै कोरोना संक्रमित सांसदहरुलाई मतादान प्रक्रियामा कसरी सहभागी गराउने भन्नेबारे निर्णय गर्नेछ । संसद सचिवालयका अनुसार २६ जना प्रतिनिधि सभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.