ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

0

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत सहमति भएको भन्ने कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गरेका छन् ।

नेता नेपालले सहमतिका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् । नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको नेपालको भनाइ छ ।

२०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको नेपालले जनाएका छन् । नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले आफुहरुले चाहेको पनि स्पष्ट पारेका छन् ।

Leave A Reply

Your email address will not be published.