बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार, हेलिकोप्टर चढेर पुगे हेटौंडा

0

काठमाडौं : नेकपा एमालेले वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडा पुगेका छन् । थापाले यो भन्दा अगाडि माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो । बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि गृहमन्त्री बादल एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली लिएर सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा गएका छन् ।

विपक्षी गठबन्धनबाट डा खिमलाल देवकोटा उमेदवार भएका छन् । देवकोटा मनोनयनका लागि हेटौडा पुगिसकेको समाजिक संजालमा उल्लेख गरेका छन् । देवकोटाको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समुह र जनताा समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको सर्मथन रहेको छ ।

उनी नेकपा एमालेको माधव नेपाल पक्षका हुन् । तर राष्ट्रियसभा सदस्यमा उनी माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनावी मैदानमा जानेछन् । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आज ४ वजेसम्म मनोनयन गरिसक्नुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.