राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

0

काठमाडौं : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । 

थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । 

देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छन् । 

गृहमन्त्री रहेका थापा यो भन्दा अगाडि माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य थिए । उनी माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेपछि रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुँदैछ । 

स्वतन्त्र उमेदवारी दर्ता गरेको देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

Leave A Reply

Your email address will not be published.