एमाले स्थायी समिति बैठक : उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी तयारी गर्ने निर्णय

0

काठमाडौं : नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकमा आगामी जेठ ६ गते हुने बागमती र लुम्बिनी प्रदेशको राष्ट्रियसभाको उपचुनावमा उमेदवार तोक्ने बारेमा छलफल भएको थियो ।

बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा जित सुनिश्चित हुने गरी तयारी गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, “राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल भयो । जित सुनिश्चित हुने गरी तयारी गर्ने जनप्रतिनिधि र मतदातासँग छलफललाई अघि बढाउने निर्णय भएको छ ।”

जेठ ६ गते बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै छ । त्यस्तै रिक्त लुम्बिनी प्रदेश सदस्यका लागि जेठ १७ गते निर्वाचन हुँदै छ ।

स्थायी समिति सदस्यहरुले दुवै निर्वाचनको लागि उमेदवारका बारेमा सुझाव दिएको बताइएको छ ।

एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.