ओलीको विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने कांग्रेसको निर्णय

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने निर्णय गरेको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलेको कदमलाई विपक्षीहरू मिलेर असफल पार्ने निर्णय गरेको हो ।

विश्‍वासको मत लिने ओलीको कदम असल नियतबाट निर्देशित नरहेको र यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने निश्कर्ष निकाल्दै यो विरुद्ध संगठित रुपमा प्रस्तुत हुने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।  विश्वासको प्रस्ताव फेल भएपछि वैकल्पिक सरकार गठनको लागि बाटो खुल्‍ने उनले बताए ।

वर्तमान सरकारले चौतर्फीरुपमा संवैधानिक मान्यता र मर्यादालाई भत्काउने काम गरेको र प्रदेशमा पनि नाङ्गो किसिमबाट अल्पमतमा पुगिसकेपछि सरकार बनाउने असंवैधानिक काम केन्द्रको निर्देशनमा भएको भन्दै भत्र्सना गरिएको महतले बताए । त्यस्तै उनले संसदलाई छलेर अध्यादेशको माध्यमबाट धेरै विषयलाई अघि बढाउने काम भएको भन्दै बैठकले भत्र्सना गरेको जानकारी दिए ।

त्यस्तै कारोना महामारीमा आवश्यक सामाग्रीको उचित बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कोरोनाका कारण पार्टीको महाधिवेशन अप्ठेरोमा परेपनि तोकिएको समयमा नै महाधिवशेन सम्पन्न गर्न आन्तरिक काम जारी राख्न निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

Leave A Reply

Your email address will not be published.